बसको ठक्करबाट पैदल यात्रुको ज्यान गयो, साईकल यात्रु घाईते



अजय मिश्र,
बसको ठक्करबाट कृष्णनगरमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् । कृष्णानगर ८ डगरमरवा निवासि ७५ बर्षिय शरमती कोरीको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।


चन्द्रौटाबाट कृष्णनगर आउदै गरेको लु १ ख ६९०९ नम्वरको बसले शरमतीलाई ठक्कर दिएको ईप्रका गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले जानकारी दिए । बसको ठक्करबाट गम्भिर घाईते भएकि शरमतीलाई उपचारकोलागि अस्पताल लगिएपनि बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।


यस्तै सोहि बसको ठक्करबाट एक साईकल यात्रु घाईते भएका छन् । कृष्णनगर ५ डवरा निवासि २० बर्षिय बिष्णु रैदास घाईते भएको र अहिले बहादुरगंज स्थित शिवराज अस्पतालमा उपचार प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक अहिले प्रहरीको नियन्त्रणमा छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्