प्युठान : कुखुरा बोक्ने पिकअप जिपको टक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षीय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। साेमबार बिहान करिब १०: १५ बजे खेतमा काम गर्न निस्केका सुनारको से १ च २१७३ नम्बरको पिकअप जिपले टक्कर दिंदा मृत्यु भएको हाे। झिम्रुक गाउँपालिका ५ निवासी चालक १९ वर्षीय अजय पोख्रेलसहित उक्त पिकअप जिपलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको डिएसपी निर्मल बुढाथोकीले बताए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।