विकासको पहिलो सुचक नै मानवीय विकास हो



जीवन नेपाली
दाङ,२३ साउन
भौतिक र आर्थिक विकास मात्रै विकासको सुचक नभई मानविय विकास नै विकासको पहिलो सुचक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । वंगलाचुली गाँउपालिकाको समग्र विकासका लागि सरोकारवाल पक्षहरुको संगको अन्र्तक्रियामा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका थिए ।

गाउँपालीका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बक्ताहरुले असल संस्कारको विकास गर्दै जनमुखी कामहरु गर्न सहभागीहरुले जनप्रतिनीधीहरु लाई सुझाव दिएका थिए ।
साथै कार्यक्रममा भौतिक पूवार्धारको विकास संगै शिक्षा,स्वाथ्य,कृषि,पर्यटन, होमस्टे लगाएतलाई व्यवसायीमुखी बनाई प्रत्येक बस्ती –बस्तीका विकास संगसगै मानविय विकासका प्रंशनिय कार्य गर्न सुझाव दिएका थिए । कार्यक्रमका सहभागीहरुले भौतिक र आर्थिक विकास मात्रै विकास नभएकाले विकासको पहिलो सुचक मानविय विकास रहेको वताएतका थिए । साथै भौतिक असुविधाका कारण विकासमा र शिक्षा , स्वास्थ्य जस्ता आधरभुत आवश्यकता र अधिकार वाट वञ्चित रहेको वंगलाचुली गाँउपालिका शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा अग्रिणी भुमिका निर्वाह गर्न समेत सर्वसाधरणहरुले जनप्रतिनिधिहरु लाई आग्रह गरेका थिए ।

गाउँपालीका का कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले विषय प्रवेश गराउनु भएको कार्यक्रम मा नेपाली कांग्रेसका गाउँपालीका संयोजक जागेश्वर अधिकारी, नेकपा एमालेका हेमराज बांठा, नेकपा माओबादीका जिल्ला सदस्य चुरामणी नेपाली, नेपाल कम्युनिष्ट पार्टिका भीम बहादुर राना, महेन्द्र मावी स्युजाका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुष्पराज भण्डारी, मावी जवरकोटका प्रअ दीपबहादुर वली लगाएतले आआफ्नो विचार ,सुझाव तथा जिज्ञांसा राखेका थिए ।

कार्यक्रममा उठेका विभन्न जीज्ञांसाको बारेमा बोल्दै गाउँपालीका अध्यक्ष भक्त बहादुर वलीले देशकै नमुना गाउँपालीका बनाउनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाँले आफुले मात्र चाहाँदैमा कुनै चमत्कार नहुने भन्दै सबैबाट सहयोग को अपेक्षा समेत जाहेर गरेका थिए ।

कार्यक्रममा गाउँपालीका का ८ वटै वडाका वडा अध्यक्ष , गाउँ कार्यपालीका सदस्य, शिक्षक तथा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनीधी, राजनीतिक दलका प्रतिनीधि , पत्रकार, कर्मचारी लगाएतका सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा नम्वर चारका सचिव होमलाल भुसालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्