उप–कुलपति भण्डारीको पुत्ला दहन



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति संगिता भण्डारीकोको पुत्ला दहन गरिएको छ । प्रतिष्ठानले सेवा बृद्धि गरेको बिरोधमा घोराहीका युवाहरुले सामुहिक रुपमो पुत्ला दहन गरेका हुन । घोराही स्थित शहिद उमेश मार्गको गेटमा भण्डारीको पुल्ला दहन गरिएको थियो । उनिहरुले सर्वसाधारण नागरिको स्वास्थ्यमा भण्डारीले खेलवाड गरेको भन्दै बिरोध स्वरुप पुत्ला जलाएको वताएका थिए ।

 

स्वास्थ्य सेवालाई नेपालको संविधानले मौलिक अधिकार स्थापित गरेको सन्दर्भमा निशुल्क स्वास्थ्य सेवा कार्यक्रम प्रभावित हुने गरि गरेको शुल्क बृद्धि मान्य नहुने वताएका थिए । सिनेटको निर्णय बिना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न समेत माग गरेका छन् । जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ठाउँमा चर्काे शुल्क असुल्ने काम उपकुलपति भण्डारीको गरेको प्रति आपत्ति व्यक्त गरेका थिए । युवाहरुले शुल्क बृद्धि फिर्ता नगरे तत्काल पदबाट समेत राजिनामा दिन समेत माग गरेका थिए । यस्तै शुल्क बृद्धिको विरोधमा क्रान्तिकारीले समेत रिोध प्रर्दशन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्