सडक पेटीमा बस्दै आएका असाहयलाई न्यानो कपडा वितरण



दाङ। सडक पेटीमा बस्दै आएका असाहयलाई न्यानो कपडा वितरण अभियान सुरु गरिएको छ । आर्थिक रुपले विपन्न, असाहय,अनाथ र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण सुरु गरिएको जेष्ठ नागरिक संघ अध्यक्ष चित्रकान्त आचार्यले जानकारी दिनुभयो ।

चिसोका कारण सडक पेटिमा बस्दै आएका दैनिक जिवन कष्टकर बनेको वताउँदै उनिहरुका लागि न्यानो कपडा वितरण अभियान थालेको आचार्यले वताउँनुभयो ।संघको तर्फबाट घोराही, तुलसीपुर र लमहीमा रहेका असाहयहरुका लागि कपडा वितरण गरिने बताउँनुभयो । प्रत्येक टोल–टोलबाट कपडा संकलनको काम भएको बताउँदै संङकलित कपडा बेलुका ८ बजेमात्र वितरण गरिने स्थानीय युवा अनिल विकले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्