दाङ सहित देशभर चिसो बढ्यो– राती हिमपात हुने



दाङ । दाङ सहित मुलुकभर चिसो बढेको छ । आईतवार बेलुका पानी परेपछि जिल्लामा एक्कासी चिसो बढेको हो । सोमवार आज दाङको तापक्रम ८ डिग्री सेल्सिएस रहेकोे मौसम विभागले जनाएको छ । चिसोका कारण बाल वालिका बृद्धिबृद्धा महिलाहरु समस्यामा परेका छन् । जिल्लाका विभिन्न स्थानमा आगो बाल्न सुरु गरिएको छ । जलतथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाका अनुसार

देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ  देशका थोरै स्थानहरुमा हल्ला वर्षाको सम्भावना रहेको जनाएको छ । भने देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्लका हिमपात हुने सम्भावना छ ।राती देशको पश्चिमि भु भागमा आंशीक बदलि तथा मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ ्र मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा समेत कार्यालयले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्