मानव बेचबिखनविरुद्ध उजुरी बढे



सैघाली खबर 

काठमाडौंँ, साउन २५ गते । मानव बेचबिखन तथा ओसारपसारविरूद्धको उजुरी बढ्न थालेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा २०७२/७३ मा मानव बेचबिखन तथा ओसारपसारविरूद्धको उजुरी १७ प्रतिशतले बढेको छ । नेपाल, प्रहरी अन्तगर्तको महिला तथा बालबालिका सेवा निर्देशनालयमा दुई वर्षमा दर्ता भएको उजुरीको अवस्था हेर्दा यस्तो पाइएको हो ।  निर्देशनालयका अनुसार आर्थिक वर्षमा २०७२/७३ मा मानव बेचबिखन तथा ओसारपसारविरूद्धका २१२ वटा उजुरी परेका छन् भने आर्थिक वर्ष २०७१/७२ मा १८१ वटा त्यस्ता प्रकृतिका उजुरी दर्ता भएका थिए । जुन अघिल्लो आर्थिक वर्ष २०७२/७३ को भन्दा ३१ वटाले बढी हो । यस्तै, आर्थिक वर्ष २०७०/७१ मा १८५ वटा उजुरी दर्ता भएकोमा आर्थिक वर्ष २०६९/७० र २०६८/६९ मा क्रमशः १४४ र ११८ वटा उजुरी दर्ता भएका थिए । यी तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा मानव बेचविखनका उजुरी प्रत्येक वर्ष बढेको भन्ने स्पष्ट हुन्छ ।manab-taskari-
क्षेत्रगत आधारमा मानव बेचविखनको सबैभन्दा बढी घटना मध्यमाञ्चल क्षेत्रमा भएको छ । आर्थिक वर्ष २०७२/७३ को २१२ वटा उजुरीमध्ये सबैभन्दा बढी मध्यमाञ्च क्षेत्रमा ७२ वटा उजुरी दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र ३८ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम मध्यपश्चिमाञ्चलमा २५ वटा, पूर्वाञ्चलमा ४५, पश्चिमाञ्चलमा २७ वटा मुद्दा दर्ता भएका छन् ।
सरकारको सहयोगमा सञ्चालित पुनःस्थापना केन्द्रबाट आर्थिक वर्ष २०७२÷७३ मा एक हजार ६९७ जना बेचबिखन प्रभावित महिलाले सेवा लिएकोमा आर्थिक वषर््ा २०७१÷७२ मा ९०३ जना बेचविखन प्रभावित महिलाले सेवा प्राप्त गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सचिवालयले जनाएको छ ।
यो सङ्ख्या आर्थिक वर्ष २०७२÷७३ को भन्दा ७९४ बढी देखिन्छ । सचिवलायका अनुसार यो सङ्ख्या झापा, सिन्धुपाल्चोक, काठमाडौँ, पर्सा, चितवन, रूपन्द्रेही, बाँके, कैलालीमा सञ्चालित पुनःस्थापना केन्द्रमा सेवा लिनेको हो । आर्थिक वर्ष २०७२÷७३ मा ती पुनःस्थापना केन्द्रमध्ये सबैभन्दा झापाबाट ४९४ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम काठमाडौँमा ४१ जना महिलाले सेवा लिएका छन् ।
प्रहरीमा परेको उजुरीको अनुसन्धानले पछिल्लो समय नेपाली महिलालाई रोजगार दिलाउने नाममा दलालले भारतको पञ्जाव, हैदरावाद मुम्बई हुँदै अवैधानिक रूपमा इराक, कुवेत, ओमनलगायतका देशमा लैजाने क्रम बढ्दो जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता पुष्कर कार्कीले आकर्षक कमाइको प्रलोभनमा महिला वैदेशिक रोजगारीमा जानेको सोच बढेसँगै प्रहरीमा मानव बेचबिखनविरूद्धका उजुरी दर्ता हुने क्रम बढेको बताउनुभयो । उहाँले बेचविखनका घटना कम गर्न नेपाल प्रहरीले छुट्टै संयन्त्रमार्फत काम गर्दै आएको र त्यसको प्रभाकारिता पनि बढ्दै गएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका नाममा बर्सेनि नौ हजार महिला तथा बालबालिकाको बेचविखन भइरहेको छ । महिला बेचबिखनको क्षेत्रमा क्रियाशील संस्था एबीसी नेपालका संस्थापक दुर्गा घिमिरेले नेपालमा मानव बेचविखनको आयाम बढ्दै गएको बताउनुभयो । नेपालको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन), २०६४ मा जिउ मास्ने बेच्ने अपराध वा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध भएमा कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । मानव बेचविखानको अपराध प्रमाणित भएमा कसुर अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख रुपियाँसम्मको जरिवानाको व्यवस्था गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्