रोल्पामा एक जनाको मृत्यु, तीन घाइते



 रोल्पा । त्रिवेणी गाउँपालिकामा कपास फिट्ने मेसिन पड्कदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा कपास फिट्ने मेसिन जडान गर्ने क्रममा एक्कासी पड्किदा मेसिन संचालनमा कार्यरत कालीकोट घर भइ हाल बर्दिया राजापुर ५ निवासी २८ वर्षका जयकृष्ण न्यौपानेको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 

बिहान करिव १० बजेतिर भएको घटना परी त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी जलजला यातायात व्यवसायी समितिमा कार्यरत धनबहादुर पुन, बर्दिया राजापुर ५ का ४२ वर्षका विष्णुचन्द्र न्यौपाने र सल्यान कपुरकोट ६ निवासी ६२ वर्षीय पहलमान पुन घाइते भएका छन् । गम्भीर घाइते भएका धनबहादुरको टाउको र छातीमा चोट रहेको प्रहरी चौकी बुढागाउँ कोइलाका प्रमुख यमनारायण श्रेष्ठले बताए ।

घाइतेहरुको उपचारका लागि दाङ लगिएको छ । यता त्रिवेणी ५ शिद्धपुर निवासी ४३ वर्षीय मोतिराम नेपाली मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका नेपालीको घरदेखि करिव ५ सय मिटर तल खोलामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारका अनुसारका नेपाली मध्यमान गरी भीरबाट लडेको हुन सक्ने अनुमान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्