सत्य र निष्पक्ष समाचार सम्प्रेसन गर्नुहोस उपकुलपति कोइराला



सैघाली खबर
दाङ, साउन २५ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिप्रा डा कुलप्रसाद कोइरालाले पत्रकारले सत्य, निष्पक्ष र युगान्तकारी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । दाङबाट प्रकाशन हुदै आएको गोरक्ष राष्ट्रिय दैनिकको १३ औं वार्षिक उत्सवमा उहाँले भन्नुभयो, “सञ्चार माध्यम आवाजविहीनको आवाज भएकाले त्यस्ता वर्गको आवाज मुखरित गर्नुपर्छ ।

” उपकुलपति कोइरालाले संस्कृत भाषालाई महत्व दिन छोडेकामा चिन्ता व्यक्त गदै नेपालको संस्कृति र ऋतिरिवाजलाई बचाउन सबै लाग्नुपर्ने बताउनुभयो । यस विश्वविद्यालयमा धेरै राजनीति भएकाले पठनपाठन कमजोर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विश्वविद्यालयमा नौ महिनासम्म ताला लाग्छ, अनि कसरी हुन्छ यसको विकास । वार्षिक उत्सवको अबसरमा गोरक्ष दैनिकमा कार्यरत बालाराम खड्का, राजकुमार चौधरी, अम्मरराज आचार्य दिपक घिमिरेलाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्