बुबाले चलाएको बसले किच्दा छोराको मृत्यु



दमौली :  बन्दीपुर गाउँपालिका–४ मा बसले किच्दा एक किशोरको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुबा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा किच्दा विश्वास घाइते भएका थिए।

उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। किशोरका बुबा प्रहरी नियन्त्रणमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्