ट्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गयो



रोल्पा । ट्याक्टर दुर्घटना हुँदा रोल्पामा एकको ज्यान गएको छ । शनिबार परिवर्तन गाउँपालिका, ६ कर्तमका १९ वर्षीय टोपेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहचालक उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 कर्तमबाट चामल बोकेर बागमारा जाँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । ना ४ त ५३८४ नम्बरको ट्याक्टर ओरालो सडकमा दुर्घटना भएको र ट्याक्टर सडकबाट २० मिटर तल खसेको हाे । एकमहिनाको अवधिमा रोल्पामा सडक दुर्घटनामा ४ जनाले ज्यान गुमाइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्