बस दुर्घटना, तीनजनाको मृत्यु



पर्वत : पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।  बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको पर्वत ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन। प्रहरी  टोली र एम्बुलेन्स भर्खरै घटनास्थल पुगेकाले अरु क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्