शुभकामना सहकारीकाे अध्यक्षमा के.सी.



दाङ । शुभकामना कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आज १२औै साधारण सभाले आदिम के सी लाई अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा ओम बहादुर के।सी, सचिवमा जिबा भुषाल, कोषाध्यक्षमा दुर्लभ के।सी।रहेका छन् । त्यसैगरी सदस्यमा गणेश बुढाथोकी, भरत केसी, सीता जिसी, बिक्रम के सी र ताराश्वर पोख्रेललाई चयन गरिएको छ ।

साधारण सभा संस्थाका अध्यक्ष धर्म बहादुर के सीको अध्यक्षता तथा संस्थापक अध्यक्ष कृष्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा संस्थाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्न जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सहकारी राज्यको अभिन्न अङ्ग भएकाले सहकारी क्षेत्रलाई अझ बिस्तार गर्दै लैजानुपर्ने भन्दै कृषिमुखी कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाउन कुरामा जोड दिएका थिए ।

कोषाध्यक्ष दुर्लभ के।सी।ले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थापक उपाध्यक्ष विष्णु थापा, साधारण सदस्य कर्ण पुन, कृष्ण वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बचत कर्ता डेरी व्यवसायी मुना अधिकारी, उत्कृष्ट कर्जा कारोबार कर्ता होटल व्यवसायी भैरव चौधरी र उत्कृष्ट कर्मचारीका रूपमा कलेक्टर खुमा भट्टलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थापक सचिव आदिम के सीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव जिबा भुषालले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्