सैघाली खवर
दाङ २८ साउन । गए रातिदेखि आएको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । अविरल वर्षा पछि आएको बाढीका कारण दाङमा एक महिलाको ज्यान गएको छ ।
आज बिहानै तुईखोलाको तुइसोतामा आएको बाढी घरमा पस्दा भाग्ग्दै गर्दा घर भत्किए पछि च्यापिएर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ कि भगवतिी सुनारको मृत्युु भएको हो ।
सो बाढीले झण्डै ३० घर बगाएर लगेको छ ।
तुलसीपुर घोराही सडक अवरुद्ध
घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचको सोतोमा आएको भेलले कल्र्भटसँगै बाटो बगाउँदा घोराही–तुलसीपुर सडक अवरुद्ध भएको हो ।
बाटो बगेपछि यो रुट भएर चल्ने गाडीहरु अलपत्र परेका छन् । घोराहीबाट तुलसीपुर हिडेका र गाडीहरु बीचमै अलपत्र परेका छन्, भने तुलसीपुरबाट गाडी छुटेका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।