तपाईं कति बाँच्नुहुन्छ, यो प्रविधिमार्फत थाहा हुन्छ



काठमाडौं – फेसबूकमा अनेकौं एपहरूले मानिसको मर्ने दिनका साथसाथै अनेक किसिमका पूर्वानुमान लगाउने गरेका छन् । धेरै मानिसले यस्ता एपमा चासो पनि राख्ने गरेका छन् र फेसबूकमा यसको परिणाम पनि शेयर गर्ने गरेका छन् ।

यसै विषयमा वैज्ञानिकहरूले नयाँ अनुसन्धान गरेका छन् । त्यसअनुसार, डीएनए विश्लेषण गर्दा कुनै पनि कति बाँच्छ भनी अनुमान लगाउन सहज हुनेछ । बेलायतको एडिनबरा विश्वविद्यालयका शोधकर्ताहरूले जीवनकाललाई प्रभावित गर्ने आनुवंशिक परिवर्तनका संयुक्त असरको अध्ययन गरेर एक स्कोरिङ सिस्टम विकसित गरे ।

 

यो अनुसन्धानको निष्कर्ष लाइफ म्यागजिनमा प्रकाशित भएको छ । एडिनबरा विश्वविद्यालयको अशर इन्स्टिच्युटका पिटर जोशीले स्कोरिङ सिस्टमको आधारका बारेमा भने, ‘हामीहरूले जन्मको समयमा वा त्यसपछि १०० जनालाई छान्यौं र आफ्नो जीवनकाल स्कोरको प्रयोग गरेर उनीहरूलाई दश समूहमा बाँड्यौं भने सबभन्दा तल हुने समूहका मानिसको जिन्दगी शीर्ष समूहका मानिसको जीवनभन्दा पाँच वर्ष बढी हुन्छ ।’

अनुसन्धानकर्ताहरूले पाँच लाखभन्दा बढी मानिसको आनुवंशिक डेटाका साथै उनीहरूका मातापिताको जीवन अवधिको रेकर्ड पनि अध्ययन गरेका थिए ।

एजेन्सी 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्