सामाजिक सञ्जाल फेसबुकमा समस्या देखियो



काठमाडौँ । अहिले विश्वभर फेसबुकमा समस्या देखिएको छ । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको हो । मङ्गलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

मेटाकै ह्वाट्सएप भने चलिरहेको छ । अहिलेसम्म फेसबुकले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्