गौतम विजयी



 

सैघाली खबर
दाङ २८ साउन
जिल्ला वार एशोसियसन दाङमा प्रजातान्त्रिक कानुन ब्यवसायिको पुरै प्यानल विजय भएको छ । शनिवार सम्पन्न मतपरिणाम अनुसार संयुक्त प्यानल लाई हराउदै प्रजातान्त्रिक प्यानल विजयी भएको हो । निर्वाचन समितिको अनुसार प्रदिप गौतम नेतृत्वको प्रजातान्त्रिक प्यानल विजयी भएको हो ।

गौतमलाई काग्रेस र राप्रपा निकट कानुन ब्यवसायिहरुको समर्थन रहेको थियो । गौतमले संयुक्त वामपन्थि प्यानलको नेतृत्व गर्नु भएको ओम भक्त डाँगिलाई १५ मतको अन्तरले हराउनु भएको हो । गौतमले ६४ र उहाँका निकटतम प्रतिद्वन्द्वि डाँगि ४९ मत ल्याउनु भएको थियो । एउटा पार्षदवाहेक सबै पदमा काग्रेसनिकट प्रजातान्त्रिक प्यानल नै विजयि भएको छ । १ सय २४ जना कुल मतदाता रहेको वारमा १ सय २० मत खसेको थियो । संयुक्त प्यानलका डाँगिलाई एमाले, नेकपा माओवादि, बैद्य माओवादि, विप्लव माओवादिको समर्थन रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्