गुगललाई ५ करोड युरो जरिवाना



पेरिस– सूचना प्रविधिको अग्रणी कम्पनी गुगलले पारदर्शिता नअपनाएको भन्दै फ्रान्सेली डाटा नियामक निकाय सीएनआईएलले मंगलबार ५ करोड युरो जरिवाना गरेको छ । सीएनआईएलले ‘गुगलले विज्ञापनको प्रयोगका क्रममा पारदर्शिता नअपनाएको, पर्याप्त सूचना नदिएको तथा वैध सहमति नलिएको लगायतमा दोषी ठहर गर्दै ५० मिलियन (करिब ६ करोड डलर) जरिवाना गरेको जनाएको हो ।

सीएनआईएलका अनुसार विभिन्न विज्ञापन व्यक्तिको पहुँचमा पुर्याउनुअघि संकलन गर्ने तथ्यांकबारे गुगलले ‘अपर्याप्त सूचना दिएको’ हो। सीएनआईएलले भनेको छ, ‘गुगलमार्फत हुने विज्ञापनबारे प्रयोगकर्ताहरू पूर्ण रूपमा जानकार छैनन्।’ गुगलले एक विज्ञप्ति जारी गर्दै आरोपबारे कुनै कदम चाल्ने निर्णयका लागि अध्ययन गरिरहेको जनँएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आम मानिसहरूले हामीबाट उच्चस्तरको पारदर्शिता र नियन्त्रण चाहन्छन्। हामी त्यसका लागि पूर्ण प्रतिबद्ध छौं ।’ सन् २०१८ को मेमा अधिकार समूह नोएब र ला क्वाड्राचर डु नेट (एलक्यूडीएन) ले गुगलविरुद्ध मुद्दा दायर गरेका थिए ।

ती समूहका अनुसार ‘विज्ञापन व्यक्तिको पहुँसम्म पु¥याउन गुगलसँग वैधता नरहेको’ दाबी गरेका थिए । गुगलको युरोपेली मुख्यालय आयरल्यान्डमा भए पनि यसले फ्रान्सस्थित अधिकारीले उक्त मुद्दाबारे निर्णय लिने जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्