नयाँ आइफोन ११ मा तीनवटा लेन्सयुक्त क्यामेरा हुने



एजेन्सी । नयाँ आइफोन ११ आगामी सेप्टेम्बरमा मात्र लन्च हुने भएपनि यसको मोडलबारे विभिन्न तस्बिर र जानकारी समेत बाहिर सार्वजनिक भईरहेका छन् ।

तिनै सार्वजनिक भएका डाटाहरुको मद्दतले बहुप्रतिक्षित नयाँ आइफोनको थ्रीडी कन्सेप्ट प्रस्तुत गरिएको छ जसमा आइफोनको क्यामेरा सेटअप यसअघिको भन्दा धेरै फरक हुने देख्न सकिन्छ ।

२०१९ मा लन्च हुने आइफोनमा तीनवटा लेन्सयुक्त क्यामरा हुनेबारे पहिलेदेखि नै कुरा बाहिर आएको थियो । यसरी आइफोनमा पहिलोपटक ट्रिपल लेन्स राखिने भएको हो जसले यसको पछाडिको स्वरुपममा धेरै बदलाव ल्याउने बताइएको छ ।

यसरी लन्च हुनु अगावै चर्चित युट्युब च्यानल ‘कन्सेप्ट क्रिएटर’ ले नयाँ आइफोन ११ को थ्रीडी मोडेल सार्वजानिक गरेको हो । सो मोडल वास्तवमै सहि हुन सक्ने अधिक सम्भावना रहेको बताइएको छ ।

यसबारे संचार एजेन्सी द सनले मोबाइल विश्लेषक डेन आइभ्ससँग कुरा गरेको हो जसले भनेका छन्, ‘अर्को आइफोन पक्कैपनि ट्रिपल रियर क्यमेरा सहितको हुनेछ जसमा आधुनिक अप्टिकल लेन्सको प्रयोग हुने हुँदा यो नै नयाँ मोडलको प्रमुख आकर्षण रहने मेरो मान्यता छ ।’ यसका साथै फेसियल टेक्नोलोजिलाई पनि आधुनिककिरण गरिने र केही हार्डवेयर र डिजाइन पनि अपग्रेड हुन सक्ने उनले बताए ।

आइफोन एक्सएस जसरी नै नयाँ आइफोनको क्यामरा पनि पछाडिपट्टी केही बाहिर निस्कने बताइएको छ । यसरी तेस्रो लेन्स थपिनुले क्यमराका फिचरहरुमा धेरै प्राविधिक बदलाव ल्याउनुका साथै फोटो खिच्दा नयाँ अनुभव दिलाउने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्