रोल्पामा हावाहुरी संगंैको अविरल वर्षातले मकैबाली नष्ट



जंग बहादुर रेउले
दाङ,२९ साउन
शुक्रवार देखीको हावाहुरी संगैको अविरल वर्षातका कारण रोल्पामा मकैवालीमा ठुलो क्षति पुगेको छ । हावाहुरी संगैका वर्षातका कारण रोल्पाका अधिकाश क्षेत्रका मकैवाली क्षति पुगेको छ ।


साविक रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नंं.६ मा पर्ने दोक्राबन, वाबाङ्ग, अमिले , सिसिरे, डुव्रिङ्ग, ओखरपाटा लगातका गाउँमा पानी संग संगै आएको हुरीवतासले मकैबाली तथा कृषी खेती समेत नष्ट पारेपछि कृषकहरु चिन्तित देखिएका छन । मकैले धाने धाल्ने बेला तथा मकैको दाना लगाउने क्रम सुरु भएकै अवस्थामा अविरल वर्षा संगै आएको हावाहुरीले कृषकहरुको बालीनाली सखाप पारिदिएको हो ।

वर्षायाममा लगाइने खाद्य बाली मकै तथा तरकारी खेती अन्गर्तत टमाटर, खुर्सानी, गोलभेडा, सेमी, भेडेखुर्सानी लगातका बालीनाली नष्ट हुदा त्यहाँका स्थानिय कृषकहरु चिन्तित देखिएका हुन । बमैमी खेती अन्तर्गत लगाएका बालीनालीहरु अझै एक दुई दिन अविरल वर्षा भए कुनै काम नलाग्ने हुने अवस्था देखिउको स्थानिय कृषकहरुको बुझाई रहेको छ । कृषकहरुले दुःख गरी लगाएको बालीनालीले एकै पटकमा नष्ट भएपछि त्यहाका स्थानिय बासीहरु अव के खाने भन्ने चिन्तित पनि भएका छ ।

२५० भन्दा वढी घरधुरीको अविरल वर्षा संगै आएको हावाहुरीले खाद्य तथा नगदे बाली नष्ट पारेपछि कृषकहरुलाई कसरी घर खर्च चलाउँले र पहाडि भेगका जनताको दुःख र पिडा कस्ले पो बुुझ्ला र भनि किसानहरु तर्सित भएको रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ६ दोक्रावनका भिम खड्काले जानकारी दिएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्