स्मार्टफोन सुरक्षित राख्ने उपाय



लामो समय चार्जमा नराख्ने
मोबाइलको सुरक्षाका लागि फुल चार्ज भइसकेपछि चार्जबाट निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ ।

ब्याक साइड
स्मार्टफोनको पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ ।

डिस्प्लेको सुरक्षा
कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छन् ।

चोरी हुनबाट यसरी जोगाउने
चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्