डा. केसीको वक्तव्यले द्वन्द्व चर्काउँने संकेत



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्टर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै मन्त्री पोखरेलले विधेयकले सबै विषयलाई समेटेको दाबी गर्दै डा.केसीलाई तत्काल अनसन तोड्न अनुरोध गरेका हुन् ।

उनले भने,‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनसनको बाटो किन पक्रिनुभयो रु अचम्म लागेको छ । म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनसन फिर्ता लिइदिनुपर्छ।’

मन्त्री पोखरेलले डा। केसीको जीवन रक्षाको प्रश्न सरकारमाथि मात्रै नतेर्स्याउन सबैलाई आग्रह गरे। ‘चिकित्सा शिक्षाको सुधारको लागि उहाँले जसरी आवाज उठाउनुभयो त्यसलाई धेरैले साथ दियौं। तपाईं हामी सबैले साथ दियौं। तर, अहिले आइपुग्दा उहाँ अरु राजनीतिक मुद्दा पनि लिएर आउनुभएको छ। अचम्म लाग्यो–किन यो ढंगले पेश हुनुभयो रु’, आफूले डाक्टर केसीलाई सम्मान गर्ने सुनाउँदै मन्त्री पोखरेलले भने,‘ डाक्टर केसी अहिले पनि अनसनमा हुनुहुन्छ। उहाँका वक्तव्यहरू सबै उहाँले नै तयार गर्न सक्नुहुन्छ जस्तो लाग्दैन। जे–जस्ता भाषाहरू प्रयोग भैरहेका छन्। त्यसले समझदारी बनाउँदैन। बरु, द्वन्द्व चर्काउने काम गर्छ।’

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको बाटोबाटै पारित गराउने विषयमा डा. केसीको पनि सहमति रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने वातावरण बनाउन सबैलाई पहल गर्न आग्रह गरे।

उनले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा। केसीले चित्त दुखाउनुपर्ने कुनै कारण नरहेको तर्क गरे। उनले डा। केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाएको आरोप लगाए।

मन्त्री पोखरेलले विधेयक संसदबाट विधि र प्रक्रियाको आधारमा पारित भैसकेकोले यसबारेमा अन्य ढंगले यसको विरोध गर्न नहुने धारणा राखे ।

उनले भने–,‘यसलाई अब अन्य ढंगले विरोध गर्नुभन्दा स्वीकार गर्दै प्रयोगमा जाऔं । अभ्यासमा जाऔं । कमीकमजोरीहरू भएछन् भनेदेखि भोलि सच्याउनलाई फेरि त्यो ढंगको आवश्यकता पर्न सक्दछ। अहिले चाहिँ यी उपलब्धिलाई रक्षा गर्नेगरी अगाडी बढ्न अनुरोध गर्दछु।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्