काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ। सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणलीको प्रयोग गर्न लागेको हो।
करारमा नियुक्त गर्न लागिएको संयोजकहरूको परीक्षा प्रणलीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिने व्यवस्था मिलाउने लागेको हो। रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्ण रूपमा अनलाइनमार्फत नै भर्ने व्यवस्था मिलाइएको छ। रोजगार संयोककका लागि शुक्रबारसम्म फाराम भर्ने म्याद तोकिएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।