घोराही–तुलसीपुर सडकखण्ड सञ्चालनमा



सैघाली खबर
दाङ,३१ साउन ।

तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि उक्त सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।जिल्लाको शहरी क्षेत्र जोडने सडकहरु लामो समय अवरुद्ध हुँदा नागरिकहरुले सास्ती पाएका थिए ।

सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको थियो ।

१९ नं बाहिनाका सेना, इलाका प्रहरी कार्यालयको प्रहरी , शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका शसस्त्र सडक मर्मतमा लागेका थिए ।
योसँगै वर्षात कम भएपछि सो सडकखण्डमा पर्ने खोलाहरुमा पानी घटेपछि यातायतका साधन सञ्चालनमा आएका छन् । आज मंगलवार विहान दाङमा केही वर्षात भएपनि अहिले भने मौसम सफा हुँदै गएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्