जाडो जानैलाग्दा वर्षा संगै हिमपात हुने सम्भावना,



बिहीबारदेखि शनिबारसम्म देशभर वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद बाताएका छन् पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको पनि जानकारी दिएका छन्। त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् ।हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुने भएकाले केही दिन नजान सुझाब दिएका छन् मौसम विज्ञान विभागका अनुसार माघ २३ गते बुधबार दिउँसो पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्य उच्च हिमाली भागमा हल्का हिमपात हुने छ ।

बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्यका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ । पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागको एक-दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना मौसमविदले औंल्याएका छन् । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना छ ।

बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानहरुमा भारी हिमपातको पनि सम्भावना देखिन्छ्र ।

शुक्रबार राति देशभर सामान्य बदली रहने छ । केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले बुलेटिनमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्