विप्लव नेकपाले दियो संगठन विस्तारलाई तिब्रता



सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सल्यानमा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । आफ्नो पार्टीले संचालन गरेको उक्त अभियानमा सल्यानमा जनताले राम्रो साथ दिएको नेकपाले जनाएको छ । जिल्लामा अहिले विभिन्न कमाण्डरमा प्रशिक्षण टिम परिचालन गरिएको नेकपा सल्यानका इन्चार्ज विश्वले बताएका छन् ।

अभियानमा पार्टीका केन्द्रीय सदस्य चिरन पुन मिलन, दैलेख जिल्ला इन्चार्ज विवेक युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन सल्यान आएका छन् । उनिहरु सहित जिल्लाका अन्य नेताहरुले गाउँ गाउँमा गएर प्रशिक्षण तथा जनसभा गरिरहेका छन् ।

बिहीबार मात्रै नेकपाले सल्यानमा ९ वटा संगठन निर्माण गरेको छ । लगातार पानी पर्दा पनि आफ्नो अभियान नरोकिएको सो पार्टीले जनाएको छ ।

बागचौर नरपालिका २ मा समिर भडारीको सेक्रेटरीमा १३ सदस्यीय वडा समिती गडन गरिएको छ । वडा नम्बर २ कै लस्तममा केश बहादुर विष्ट अध्यक्षतामा १३ सदस्यीय दलित मुक्ती मोर्चा इकाइ समिती गनठ भएको छ ।

वडा २ मै सजन भण्डारीको अध्यक्षतामा ७ सदस्यीय युवा संगठन वडा समिती र अमृता वलीको अध्यक्षतामा ११ सदस्यीय महिला वडा समिती निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।

बानपाकै वडा नम्बर १ मा नविनाको सेक्रेटरीमा ५ सदस्यीय वडा सेल कमिटी भएको छ । वडा १ को कोटवेतमा तुला बस्नेत अध्यक्षतामा १५ सदस्यीय महिलाको इकाइ समिती पनि निर्माण गरिएको नेकपाले जनाएको छ ।

यता छत्रेश्वरी गाउँपालिका ४ खर्सुबासमा लोक बहादुर वलीको सेक्रेटरीमा ५ सदस्यीय खर्सुबास सेल कमिटी निर्माण गरिएको छ । विनीता केसीको अध्यक्षतामा ७ सदस्यीय महिलाको इकाइ समिती गठन गरिएको नेकपा छत्रेश्वरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्