तेह्रथुमका दुई गाउँ पालिकामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि,६ महिनामा १४० जना



इन्द्र नेपाली तेह्रथुम    तेह्रथुमका पुर्बी क्षेत्रका फेदाप र आठराई गाउँ पालिकामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।नेपाल सरकारले नीतिगत रुपमै ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको हो।फेदाप गाउँ पालिकाको २ ओयाक्जुगको यवारा स्वास्थ केन्द्र,फेदप १को पोक्लाबाङ स्वास्थ केन्द्र र फेदाप ४ सम्दुको सम्दु स्वास्थ केन्द्रमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको फेदाप स्वास्थ साखाका प्रमुख लालु प्रसाद यादव बताएका छ्न।

फेदापमा ५९ जनाले लिए सुरक्षित गर्बपतन सेवा लिए फेदाप गाउँ पालिकामा रहेका तीनवटा स्वास्थ्य संस्थाहरु,प्राथमिक स्वास्थ केन्द्र पोक्लाबाङ ९ हप्ता सम्मको,ओयाक्जुग स्वास्थ केन्द्र यवारामा ९ हप्ता र सम्दु स्वास्थ केन्द्र सम्दुमा ९ हप्ताको सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ । यस आर्थिक वर्षको ६ महिनामा ५९ जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र पोक्लाबाङ साउनदेखि पुस महिना सम्ममा २६ जना महिलाहरूले सुरक्षित गर्भपतन गराएका छन् । १८ वर्षदेखि मुनिका किशोरी समेत रहेका छन भने २० बर्ष देखि ४५ वर्ष उमेर समुहका महिलाहरूले सुरक्षित गर्भपतनको सेवा लिएका प्राथमिक स्वास्थ केन्द्र पोकलाबङका प्रमुख दिनेस बसौलाले बताउनु भएको छ। ओयाक्जुङ स्वास्थ केन्द्र यवारामा १६ जना २०बर्ष भन्दा माथि उमेर समुहका महिला रहेका ओयाक्जुङ स्वास्थ केन्द्रका प्रमुख सन्ध्या कुमारी सुब्बाले बताउनु भएको छ।

उता सम्दु स्वास्थ केन्द्र सम्दुमा १७ जना महिला र किसोरिले गर्भपतन गराएका सम्दु स्वास्थ केन्द्र प्रमुख असोक कुमार सिं ले बताउनु भएको छ।उहाको अनुसार सामाजिक संस्कार सगै गर्भपतन गरेको कुरा समाज थाहा पाए समाजले नकारात्मक हिसाबले हेर्ने हुदा स्वास्थ केन्द्रमा गर्भपतन गराउन नआए पनि धेरैले अबैध औसधि प्रयोग गरि जोखिमका साथ लुकि छिपी गराउने गरेको बताउनु भएको छ। आठराई मात्रै ८१ जनाको सुरक्षित गर्भपतन सेवा लिए। जिल्ला कै पुर्बी आठराई गाउँ पालिकामा रहेका तीनवटा स्वास्थ्य संस्था प्राथमिक स्वास्थ केन्द्र संग्रान्तीमा १२ हप्ता सम्मको,इवा स्वास्थ केन्द्र इवामा ९ हप्ता र चुहान्डाडा स्वास्थ केन्द्र चुहान्डाडामा ९ हप्ताको सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ । यस आर्थिक वर्षको ६ महिनामा आठराई गाउँ पालिकाका८१ जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा साउनदेखि पुस महिना सम्ममा ५८ जना महिलाहरूले सुरक्षित गर्भपतन गराएका छन् ।

जसमा २० वर्षमुनिका ९ जना युवतीले सुरक्षित गर्भपतनको सेवा लिएका हुन। २० वर्षदेखि ४५ वर्ष उमेर समुहका ४९ जना महिलाहरूले सुरक्षित गर्भपतनको सेवा लिएको आठराई गाउँ पालिकाका स्वास्थ संयोजक तथा प्राथमिक स्वास्थकेन्द्र संक्रान्तिबजारका प्रमुख डा. सन्तोष शाहले फेदाप पत्रकार समाजका अध्यक्ष इन्द्र नेपाली सग टेलिफोन सम्बादमा जानकारी दिनु भएको छ।उहाका अनुसार औसधिको माध्यम बाट ५२औजार उपकरण (सर्जिकल मेथड)बाट ६ जना गरि ५८ जनाले सेवा लिएका छन।

आठराई गाउँपालिका-४ ईवामा रहेको स्वास्थ चौकीबाट २० देखि ४५ वर्ष उमेर समुहका १३ जना महिलाहरूले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य चौकीका प्रमुख सुशील ईङनामले बताउनु भएको छ।यसै गरि चुहानडाँडामा रहेको स्वास्थ्य चौकीबाट २० देखि ४५ वर्ष उमेर समुहका १० जना जना महिलाहरूले सुरक्षित गर्भपतन गराएको चुहानडाँडा स्वास्थ्य चौकीका प्रमुख रिता कार्की बताउनुभएको छ सामाजिक संन्जालको प्रयोग सगै किसोर अवस्थामै माया प्रेममा फसेका किशोरीहरु जबर्जस्ति करणी हाडनाता करणीको कारण पनि समाजमा गर्भपतन गराउने किशोरी र महिलाको संख्या वृद्धि भएको अधिकार कर्मीहरुको दाबी छ।

औसधी प्रयोग होस या औजार उपकरण प्रयोग गरेर गर्भपतन गराउदा महिलाको स्वास्थ नकारात्मक असर पर्ने हुदा सारिरक सम्बन्ध राख्दा गर्भनिरोध साधनको प्रयोग गर्नु नै राम्रो हुने स्वास्थ कर्मिको भनाइ रहेको छ।

मुलुकी ऐन ११ औँ संशोधनको परिच्छेद–४ मा सुरक्षित गर्भपतनको व्यवस्था गरिएको छ ।

जसअनुसार गर्भधारण गरेको १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाइने व्यवस्था छ । अनिच्छित वा बलात्कार भई गर्भपतन गराउनु परेमा २८ हप्तासम्मको गर्भलाई कानूनी मान्यता प्रदान गरिएको छ । तर खतरनाक अवस्थामा पुगेकालाई विज्ञ वा चिकित्सकको सल्लाह लिनुपर्ने व्यवस्था रहेको छ l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्