आज सरस्वती पूजा संगै ,राष्ट्रिय पुस्तक दिवस मनाइदै



प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने गरिन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ भने नाक कान छेड्न,शुभ कार्य गर्न को लागि साहित् हेर्नु पर्दैन भन्ने चलन छ । श्रीपञ्चमीका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त गर्ने धार्मिक विश्वास छ ।
सरस्वतीलाई भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकार्ने गरिन्छ ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।
काठमान्डौका नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती आदि ठाउमा आज मेला समेत लाग्ने गरेको छ ।
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा, सेतो रङ, फूल, चन्दन, शङ्ख चढाइने गरिन्छ ।

आज अक्षराम्भ गराईने भएकोले ,कलम किताब, मसी, सिसाकलम,पुस्तक संग सम्बंदित भएकोले हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । राष्ट्रिय तथा स्टेसनरी व्यवसायी महासंघको पहलमा विगत पाँच वर्षदेखि आजको दिनमा पुस्तक दिवस मनाइँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्