घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल विजयी



दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था घोराहीको नयाँ नेतृत्वमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । आज प्राप्त मत परिणामबाट यो प्यानल विजयी भएको घोषण गरिएको हो । मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईका अनुसार देवीबहादुर डिसीको नेतृत्वमा रहेको प्रजातान्त्रिक प्यानलले विजय हाँसिल गरेको हो ।

अध्यक्षमा विजयी भएका देवीबहादुर डिसीले १९९६ मत प्राप्त गरेरका छन् भने उनका प्रतिद्वन्द्वि गणेशप्रसाद श्रेष्ठले ९७६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा विजयी भरतमणी पाण्डेले १७७१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वि मधुसुदन शर्मा अर्याल ९७६ मत ल्याएर उपाध्यक्ष पदमा पराजित भएका छन् ।

सचिवमा सुजन पाण्डे, ध्रुब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्