काठमाडौं । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको छ । यसका लागि आवश्यक तयारी सुरु गरिसकेको छ ।
भ्रमण वर्षलाई नै लक्ष्ति गरि होटलहरु थपिने क्रम पनि बढेको छ । पर्यटन विभागका अनुसार अहिले काठमाडौं उपत्यका र बाहिर गरी ६ वटा नयाँ तारे होटलहरु थपिएका छन् । नयाँ थपिएका होटलहरुमा चार तारे २ वटा, तीन तारे २ वटा र एक तारे २ वटा रहेको छ । चार तारे होटलहरु पर्यटकीय नगरी पोखरा र नगरकोटमा खोलिएको छ । पोखरामा होटल सराबर संचालनमा छ भने नगरकोटमा होटल मिष्टिक माउण्टेनले सेवा दिइरहेको छ ।