‘वाढी प्रभावित क्षेत्रमा फैलदै प्रकोप ’



गिरिराज नेपाली
दाङ १ , भदौ  
यही साउन २७ गते राती देखी अविरल वर्षा संगै आएको वाढीका कारण दाङमा ५ जनाको ज्यान गएको छ । भने करिव ५ सय जना वाढी वाट प्रत्यक्ष प्रभावित भएका छन । वाढीका कारण सयौ विरामी समेत भएका छन । भने वाढी प्रभावित क्षेत्रमा विभिन्न सरुवा रोगका प्रकोप समेत फैलने क्रम सुरु भएको छ ।

 पश्चिम दाङको दंगिशरण गाँउपालिका १ र २ सगै वाढी प्रभावित क्षेत्र राजपुर गाँउपालिका , बबई र लमही नगरपाकिाल र तुलसीपुर उप–महानगरपालिका १३ लगाएत अन्य वाढी प्रभावित क्षेत्रमा सरुवाजन्य रोगको समस्या देखिन सुरु गरेको छ । दंगिशरण गाँउपाकिला वडा नम्वर १ र २ का वाढी प्रभावित क्षेत्रमा सरुवा जन्य रोगहरु देखा आँउ , ज्वरो , आखाँ पाक्ने , झाडापखाल समस्या देखा पर्दै गईरहेको स्वास्थ्यचौकी गोल्टाकुरीका सिनियर अहेव मोहन कुमार शर्माले जानकारी दिए । वाढी प्रभावित क्षेत्रमा विस्थापितहरु विद्यालय , चौरमा सामुहिक वसोवास गरेकाले ति क्षेत्रहरुमा सरुवाजन्य प्रकोप फैलन सक्ने शर्माले वताए । दैनिक सरदर ४०÷५० जना विरामी सरुवाजन्य रोगका विरामीहरु स्वास्थ्यचौकीमा उपचार सेवा लिन आउने गरेको उनले वताए । वाढीका कारण ति क्षेत्रहरुमा पानीका मुहानहरु प्रदुषित , शौचालयका अभाव र खुल्ला वासोवास लगाएतका कारण ति क्षेत्रहरुमा सरुवा जन्य रोगको समस्या देखा परेको उनले वताए । वाढी वाट विस्थापित परिवारहरु सामुहीक वासोवासको कारण सरुवाजन्य रोग प्रकोपका समस्या वढदै गएको उनले वताए । भने औषधी समस्या पनि चुलिदै गईरहेको शर्मा गुनासो छ । उनले भने वाढी पश्चात्त विरामी सख्या स्वास्थ्यचौकीमा ह्वात्तै वढेको छ । तर औषधी अझै जिल्ला वाट अझै आउन सकेको छैन । वाढीका कारण सडक विग्रिंएका कारणले औषधी आवश्यक समयमा स्वास्थ्यचौकीमा झार्न नसकीएको वताए ।

त्यस्तै लमही अस्पतालले पनि वाढी प्रभावित क्षेत्रमा सरुवा जन्य रोग देखा परेको वताएको छ । लमही नगरपालिका ८ र ९ मा सरुवा जन्य प्रकोपका समस्या देखा पर्दै गईरहेको लमही अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. ईश्वरी खनालले जानकारी दिए । ति क्षेत्रमा १ सय १३ जनामा रुघाखोकी , ज्वरो , झाडापखाला , आउ हैजा , आखाँ पाक्ने र लुत्तो लगाएतका समस्याहरु देखा परेको जानकारी दिए । उनले भने –वाढी पिडितहरु खुल्ला आकाशमुनिको अव्यवस्थीत वसोवास , शौचालय नहुनु , दुषित खानेपानी र वन क्षेत्रको वसाइका कारण यस्ता समस्या देखा परेको उनले वताए । डा. खनालले भने –वाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संञ्चालनका क्रममा १ सय १३ जना विरामी भेटिए पनि पछिल्लो २ दिनयता ति क्षेत्रमा विरामीको सख्या ह्वात्तै वढेको छ । आधारभुत औषधी सेवा ति क्षेत्रमा संञ्चालन गर्न नसक्दा प्रभावित क्षेत्रमा विरामीहरुले अझै सास्ती मोल्नु परेको उनले वताए । १ सय १३ जना मध्ये २ जना गर्भवति महिला रहेकाले सरुवा रोगको शिकार वनेको जानकारी दिए । भने १३ जना वालवालिका सरुवा रोगका कारण ग्रसित भएको जानकारी दिए । उनले भने समयमा औषधी पु¥याउन नसक्दा ति क्षेत्रहरु अझै जोखिम ग्रस्त वन्दै गएको उनले वताए । उनले ति क्षेत्रका स्वास्थ्यचौकीहरुमा औषधी अभाव हुदा समयमा वाढी पिडितहरुले उपचार नपाउनेको उनले वताए ।

पुगेन वाढी प्रभावित क्षेत्रमा औषधी

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले वाढी प्रभावित क्षेत्रमा अझै औषधी पुग्न सकेका छैनन । वाढीका कारण ति क्षेत्रका सडक विग्रिएका ति क्षेत्रमा भनेजस्तो औषधी पु¥याउन नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा भएका औषधीहरु ति प्रभावित क्षेत्रमा पुग्न नसक्दा पिडितहरुले अझै सास्ती खेप्नु रहनु परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा वाढीका कारण करिव ५ सय जना विरामी परेको जानकारी दिएको छ । अन्य क्षेत्रमा औषधीहरु प्रर्याप्त रहे पनि वाढी प्रभावित क्षेत्रमा पछिल्लो समय वाढीका कारण विरामी सख्या वढ्दै जाँदा ति क्षेत्रमा औषधी अभावको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले वताए ।

गत जेष्ठमा जिल्लाका सवै स्वास्थ्यचौकीहरु औषधी पठाए वर्खाका समयमा ति क्षेत्रमा विरामीको सख्या वृद्धि हुदा औषधी सिधिएको हुन सक्छ । तर हाल जिल्लाका ५ क्षेत्रमा पहिलो प्राथामिक्ताका साथ औषधी पु¥याउने काम भईरहेको उनले वताए । जिल्लाकोल लमही ,तुलसीपुर , दगिशरण गाँउपालिका ,बबई र राजपुर क्षेत्रमा औषधी पु¥याउने काम भईरहेको उनले वताए । औषधी संगै डाक्टरी सेवा पनि ति प्रभावित क्षेत्रमा खटाईएको जानकारी दिए । उनलेभने ति क्षेत्रमा अहिले सवैभन्दा उच्च प्राथामिक्ताका साथ स्वास्थ्य सेवा संञ्चालन गरी उपचार सेवा दिन लागिरहेको पोख्रेलले वताए । ५ क्षेत्रमा हाल अभियान संञ्चालन गरी विरामीको लगत संकलन जारी रहेकाले ति क्षेत्रहरु विशेष स्वास्थ्य शिविर संञ्चानल गरी उपचार सेवा दिने तयारीमा रहेको उनले वताए ।

जिल्लामा हाल अन्य औषधी प्रर्याप्त रहे पनि मेट्रोनिराजल औषधी भने अभाव रहेको उनले वताए । विगत केही दिन देखी आउका विरामीहरु वढ्ेकाले उक्त औषधी अभाव भएको उनले वताए । उनले भने –वाढी संगै आउका विरामीहरुको सख्या वढ्दै गईरहेकाले उक्त औषधी अभाव भएको पोख्रेलले जानकारी दिए । खरिदका लागि प्रक्रिया पुरा भई सकेकाले शुक्रवार सम्ममा उक्त औषधी जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा पुग्ने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्