अख्तियारका आयुक्त पाठकलाइ महाअभियोग लगाइने चेतावनी !



२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाइ

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले राजीनामा दिन लगाएका छन् । राजिनामा नदिए महाअभियोग लगाइने चेतावनी समेत दिएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो लिक भएपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् ।सांसद योगेश भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।
भट्टराईले भने ‘आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने र राजिनामा नदिए महाअभियोगको लगाइने छ’।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्