देशका समस्याहरुको समाधान अहिले नगरे कहिले गर्ने? -नेकपा अध्यक्ष दाहाल



काठमाण्डौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि देशमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनी प्रश्न गरेका छन।

शुक्रबार काठमाण्डौमा आयोजित माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर देशमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताएका थिए।

‘यतिबेला पनि थाँती रहेका देशका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ भन्ने डरलाग्दो चित्र आफ्नो सामू आउने गरेको’ अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्