प्राबिधिक सहायक सहित तीन जना विरुद्ध अदालतमा मुद्दा



इन्द्र नेपाली ,तेह्रथुम ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ।
किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख ८६ हजार ७२५ रुपैया बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायार गरेको छ।
आयोगले लेखापाल डिल्ली प्रसाद आचार्य १०लाख ८६ हजार ७२५ र नायक सुब्बा दुर्गा प्रसाद पौडेल ५ लाख ४६ हजार २५० बराबर भ्रष्टाचार गरेको अभियोग लागेको छ।
पुर्बी जिल्ला इलामबाट बिरुवा ल्याउदा र बिरुवा सम्बन्धी क्षेत्रमा पुर्याउदा ढुवानीमा गाडी भाडा समेत घोटाला गरेको दाबी सहित मुद्दा गरिएको आयोगका प्रबता रामेस्वार दङ्गालले जानकारी दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्