काठमाडौं मल खाली गर्न कर्मचारी सञ्चय कोषले दियो २१ दिने अल्टिमेटम



५ फागुन, काठमाडौं । कर्मचारी सञ्चय कोषले काठमाडौं मल रहेको भवन खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको छ । कोषले आइतबार एक सूचना जारी गर्दै तत्काल मलबाट पसलहरु हटाउन भनेको हो ।

गुण्डा नाइके राजु गोरखाली समूहसँग ठेक्का सम्झौता तोडेको कोषले आफ्नो स्वामित्वमा रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको जनाएको छ ।

यसअघि माघ १३ गते एक महिने सूचना जारी भएकोमा व्यवसायीले नमानेपछि कोषले २१ दिने अल्टिमेटम दिएको छ । यो अवधिमा पनि पसल सञ्चालकहरुले अटेर गरे बल प्रयोग गर्ने कोष स्रोतले बतायो । काठमाडौं मलमा झण्डै ३ सय पसल छन् ।

उनीहरुले ठेकेदार गोरखाली समूहसँग सम्झौता गरेर मलमा पसल चलाउँदै आएका थिए । कोषले गैर कानूनी ढंगले पसल हटाउन लागेको भन्दै व्यवसायी विरोधमा छन् ।

लाखौं खर्चेर पसल खोलेकाहरुको लगानीमाथि जथाभावी गर्न नपाइने उनीहरुको तर्क छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्