डीपीएल : अत्तरियालाई ७ विकेटले पराजित गर्दै महेन्द्रनगरले पहिलो जित हात पार्यो



काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरको सहज जितमा आरिफ शेखले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे । कुशल मल्ले पनि ६ रन बनाउदै राम्रो साथ दिए । महेन्द्रनगरका लागि आन्नद ९ बलमा २ चौका र १ छक्का सहित १७ रन बनाए । मोहम्मद नाविद ६,कप्तान शरद भेषवाकर ५,महेन्द्रनगरले पहिलो ओभरमा १३ रन बटुल्यो । दोस्रो ओभरमा ८ रन जोड्न सक्यो ।

तेस्रो ओभरमा १० रन बनायो । चौथो र पाँचौ ओभरमा समान ११ रन जोडेपछि महेन्द्रनगरको जित सहज बनेको थियो ।अत्तरियाका भुवन कार्कीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दिपेन्द्र राउतले पनि १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले ६ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनायो ।अत्तरियाका लागि ओपनर सन्नी पटेलले ११ बलमा २ छक्का सहित १९ रनमा आउट भए । जय किशन कोल्सावालाले १० रन बनाए । सन्दीप जोरा ४ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए । भुवन कार्की र रित गौतम समान ४ रनमा अविजित रहे ।

अत्तरियाले पहिलो र दोस्रो ओभरमा समान ११ रन जोड्यो । तेस्रो ओभरको चौथो बलमा सागर ढकालले सन्नी पटेललाई विकेटकीपर दिलिप नाथबाट क्याच गराए । लगतै पाँचौ बलमा सागरले अर्का ओपनर कोल्सावालालाई रोहित कुमार पौडेलबाट क्याच गराए । अत्तरियाले तेस्रो ओभरमा २ विकेट गुमाउँदै ९ रन जोड्यो । चौथो ओभरमा ५ रन जोड्यो ।

जितसँगै लिगको चौंथो स्थानमा समेत उक्लिएको महेन्द्रनगरले ५ खेलबाट ४ अंक जोडेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्