गीत प्रति समर्थन जनाउँदै दाङमा विवेकशील नेपाली प्रर्दशन



दाङ । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छ‘’ गीत प्रति समर्थन जनाउँदै दाङमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। दाङको घोराही स्थित तुलसीपुर चोकमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्। तुलसीपुर चोकमा शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिए। युवाहरु शर्माको गीत बजाएर नाचेका समेत थिए।


सामाजिक सञ्जाल समेत शर्माको समर्थनमा रंगिएको छ। शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाएका थिए। सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्