पशुपति शर्मालाई जनगायकको संज्ञा दिदै,२५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पशुपति शर्माको लुट्न सके लुट गीत युटुव बाट हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको छ। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्।

साथै प्रतिनिधि सभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिएका छन। सामाजिक सञ्जालमा पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले विरोध सुन्न नसकेको भन्दै आलोचना भएको थियो।

उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्