‘विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्छ : डा. बाबुराम भट्टराई



फागुन, ६ काठमान्डौ । पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताएका छन् ।

गुल्मीको मुसिकोट नगरालिका-७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर, धर्मको डर देखाएर सम्भव नहुने बताए ।
उनले भने,’विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्ने, ‘मानिस पदमा पुगेपछि लोभ लालचमा फस्दो रहेछ,’  ‘यो लालच, घुसखोरी, कमिसनखोरी तन्त्र, भ्रष्टाचार रोक्नलाई विधिको सुधार गर्नुपर्छ, पूरा प्रणालीलाई ठीक गर्नुपर्छ ।’

ऋणधन गरेर चुनाव लड्दा करोडौ खर्च हुन्छ, त्यो खर्च सामान्य मान्छेले पुर्‍याउन सक्दैन त्यसैले चुनाव जित्छन्,त्यो खर्च त उठाउनु पर्‍यो, त्यसैले रातारात करोडौ धन कमाउन प्रवृति हावी हुन्छ ।’चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्ट्राचार हट्ने भट्टराइको भनाइ छ ।

जनता सचेत भइ जनप्रतिनिधिहरुलाई सचेत बनाउने,असल नेतालाई मात्र चुन्नुपर्ने र
स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार बलियो हुनुपर्ने र जनतालाई धनी बनाउने खालको समावेशी विकासको बिचारधारा जन्माउनुपर्ने बताए।

देश विकासको निम्ती राज्यले पूर्वाधारको क्षेत्रमा नेतृत्व गर्नुपर्ने र निजी क्षेत्रलाई कृषिसहित अन्य क्षेत्रहरुमा लगानी गरि अर्काे प्राथमिकता शिक्षालाइ दिनुपर्ने मा उनको जोड थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्