कांग्रेस प्रतिपक्षी होइन, प्रमुख पक्षी हो : गगन थापा



फागुन ८ काठमान्डौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । संबिधान कार्यान्वयनमा नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको भन्दै,संघियताको कार्यान्वयनमा सवल बन्नुपर्ने बताएका छन् ।६९ औ राष्ट्रिय प्रजातन्त्र दिवसको आवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।इलाममा सम्पन्न ‘सातखाल्डे’ गोल्डकप समापनमा इलाम पुगेका थापाले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै देशमा महँगी, भ्रष्टाचार र चोरीका घटना भइरहँदा पनि सरकारले फटाहालाई कारबाही गर्न नसकेको बताए ।
नेपाली कांग्रेसले हालको व्यवस्था ल्याउन र राज्य पूनर्संरचनामा लैजान प्रमुख भूमिका खेले पनि दलहरुको वैचारिक सिद्धान्त त्यागका कारण कांगे्रस बाहिर बस्नु परेको बताउँदै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उनले सरकारका गल्ति सुधार्न कांग्रेस सधै खरो रुपमा प्रस्तुत हुने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्