विद्यालय शिक्षकहरुले जागिर खाने ठाउँ मात्र नभई देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो हो:मन्त्री पोख्रेल



फागुन,८ काठमान्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले व्यवस्थापन समितिको निगरानी प्रभावकारी नहुँदा शैक्षिक गुणस्तर राम्रो हुन नसकेको बताएका छन् । शैक्षिक गुणस्तर उकास्न धेरै भूमिका प्रधानाध्यापकको हुने गरी नीति निर्माणको काम अगाडि बढाइएको मन्त्री पोखरेलले जानकारी दिए ।

समृद्ध राष्ट्र निर्माणका लागि नयाँ पुस्ता तयार गर्ने ठाउँ विद्यालय भएकाले शिक्षालाई विकाससँग जोड्न मन्त्री पोखरेलले आग्रह गरे । विद्यालय शिक्षकहरुले जागिर खाने ठाउँ मात्र नभई देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो भएको उनले बताए ।
उनले सरकारी विद्यालयका शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत सबैले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने बताए । ‘सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बालबालिका सोही विद्यालयमा भर्ना गर्नु भएको छ ?’, कार्यक्रममा शिक्षा मन्त्री पोख्रेलले सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रश्न गरे । आफ्ना बच्चाहरु निजी विद्यालयमा लैजाने तर आफूले सरकारी विद्यालयमा पढाउने, यो अन्तरविरोधबाट बाहिर निस्किनु पर्ने उनको भनाइ थियो ।

उनले थपे, ‘तपाईंले सामुदायीक विद्यालयमा आफ्ना बालबालिका ल्याउनु भनेको समुदाय रुपान्तरण गर्नु हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्