तेह्रथुममा एकै गाउमा दुइ रोगि आर्थिक अभावमा जीवन मरणको दोसादमा



इन्द्र नेपाली तेह्रथुम । म्याङलुङ नगरपमलिका वर्डा न ५ बस्ने हिक्मत बहादुर बिश्वर्कमाको १४ बर्षिय छोरा सुजन विक को मुटुमा २ वटा प्वाल परेको छ ।उहाँको गङ्गालाल हिदय केन्द्मा उपचार सम्भब नभएपछि भारतको बेङलोर स्थित बैध्य अस्पतालमा उपचार भइरहेको छ । नेपालमा उपचार सम्भब नभएपछि भारतमा उपचार गर्न लगिएको उहाका बुबाले बताउनुभयो ।
अझै उपचारमा नेपालि १० लाख रुपैया लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको छ । अहिलेसम्म उपचार गराउदा धेरै रकम खर्च भईसकेको पारिवारिक स्थिति नाजुक भएकोले खर्च जुटाउन समस्या भएको कारण परिवारले सबैसँग सहयोगको याचना गरेका छन । त्यस्तै सोही स्थान बस्ने खड्क सोदेम्बाको छोरा दिलकुमार सोदेम्बाको क्यान्सरको लक्षण देखिएको छ । अहिले उहाँको धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भईरहेको छ उहालाई पनी उपचार गर्न १० लाख लाग्ने डाक्टरले जनाएको छ ।
दुवै बिरामीको उपचारका लागि जिरिखिम्ती परोपकार समाजले सहयोग संकलन कार्य गरिरहेकोे छ । दुवै बिरामीको उपचारको लागि हालसम्म अमेरिकाबाट पुरुषोतम फुयालले ४० हजार र म्याङलुङ ५ घर भई हाल दक्षिण कोरियामा कार्यरत पशुपती थेगुवाले नगद १४ हजार सहयोग गर्नुभएको छ । उत रकम जिरिखिम्ती परोपकार समाजमा प्राप्त भएको केही समयपछी बिरामीलाई हस्तान्तरण गरिने अभियान्ता मित्र नेपालीले बताउनु भएको छ। दुबै बिरामीलाईे सक्दो सहयोग गर्न परिवारले सबैसँग याचना गरेका छन । कोरियावाट पशुपति थेगुवाले जिरिखिम्ती स्थित परोपकार समाज र बृद्घ बिश्रान्ती भवन निर्माणको लागी नगद ५/५ हजार सहयोग गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्