फाल्गुन १४ गतेको राशीफल



मेषः– पूर्वान्हमा गरेका काम कम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । थोरै राहत मिल्नेछ । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला । रोकिएका कार्य योजना अगाडि बढ्ने छन् ।

वृषः– समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । पूर्वान्हमा व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यान्ह पछिको समय तपाईको अनुकुल रहने छैन । विभिन्न समस्या आउने छन् । खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनेछ । व्यापार घट्नेछ । मानसिक तनाव बढ्नेछ ।

मिथुनः– समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले पूर्वान्ह ठीक देखिन्छ । सहज,सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घरको वातावरण त्यति अनुकुल नहुन सक्छ । आपरान्ह आय आर्जनका हिसावले शुभ रहला । व्यापार व्यवसायमा सुधार आउनेछ । मित्रबाट सहयोग मिल्नेछ ।

कर्कटः– पूर्वान्ह भन्दा अपरान्ह काल बढि अनुकुल हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई घाटा हुनसक्छ विचार पु¥याउनु होला । नोकरीमा नयाँ सम्भवना देखिनेछन् । पठन पाठनमा सामन्य प्रगति हुनेछ । तनावमा थोरै कमी आउनेछ ।

सिंहः–सकरात्मक भन्दा नकरात्मक काम बढि हुने देखिन्छ । उपलब्धिका काममा अवरोध आउनेछ । आस्था र विश्वास घट्नेछ । विना उपलब्धिका काममा धन र समय लगानी हुनसक्छ । नकरात्मक सोच बढ्नेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ । कामले थोरै गति लिनेछ ।

कन्याः– काममा विलम्ब गर्नु भयो भने अवसर गुम्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । विशेष गरेर मध्यान्ह पछिको समय आफ्नो अनुकल रहने छैन । बन्न लागेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । दुखद समाचार सुन्नु पर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुलाः– विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कनेछ । लगनशिलता बढाउनु होला गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिने छन् । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको योजना बन्नेछ ।

वृश्चिकः– दुविधामा नपरि काम गर्नु होला अवस्य गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईका कारण टाउको दुख्नेछ । सहयोग गर्ने टाढा हुनेछन् । साना साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । विरोधीबाट आक्रमण हुनसक्छ सतर्क रहनु होला ।

धनुः– धन सम्पति नास हुने योग छ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा हानी हुनसक्छ । पढाई लेखाईमा मन जाने छैन । विश्वास गरेकाले धोका दिने छन् । मध्यान्ह पछि समयले थोरै साथ दिनेछ । विचारमा परिवर्तन आउनेछ ।

मकरः–प्रातःकालमा गरेका धेरै जसो काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय भने त्यति अनुकुल हुने छैन । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिन होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसा टुट्न सक्छ । समस्या बढ्ने छन् । पारिवारिक समस्या बढ्ने छन् ।

कुम्भः– समयको गति सगै काममा प्रगति हुनेछ । लेनदेनका विषयमा भने सचेत हुन आवस्यक देखिन्छ । लगनशिलता बढ्नेछ । प्रतिद्वन्दी आफै पछाडि पर्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ । सामान्य खालको सहयोग मिल्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछि समय बढि अनुकुल हुनेछ ।

मिनः– समयको ख्याल राखेर काम गर्नु होला । अलमलमा गोलमाल हुनसक्छ सचेत हुनु आवस्यक छ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । रमाईलोमा भुल्दा उपलब्धिका काम हिड्ने छन् । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ । अति विश्वास परेर काम नगर्नु होला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्