फाल्गुन १६ गतेको राशीफल



मेषः– पूर्वान्ह जति सहज काममा अपरान्ह हुने छैन । समयमा गरेका काम सफल हुनेछन् भने ढिला सुस्ति गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । आफन्तमा ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्न । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अपरान्ह देखि समयमा सामान्य सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । परिवारिक जमघट बढ्नेछ ।

मिथुनः– मध्यान्ह सम्म देखिएका सम्भावना अपरान्हमा गएर विलाउने देखिन्छ । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । नयाँ क्षेत्रमा लगानी बढाउनु बालुवामा पानी राखे सरावर हुनेछ । खर्च वृद्धिले आर्थिक समस्या ल्याउनेछ । चोटपटक आदिको भय पनि देखिन्छ ।

कर्कटः– समय सामान्य अनुकुल देखिन्छ, योजना बनाएर अगाडि बढ्नु होला अवस्य सफलताक सिढि चढ्नु हुनेछ । आर्थिक कारोवारमा विस्तारै सुधार आउनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् ।

सिंहः– काममा क्रमिक सुधार आउनेछ । समस्या विस्तारै समाधान भएर जानेछन् । सामाजिक दायित्व बढ्न सक्छ । औला ठड्याउनेहरु आफै नतमस्तक हुनुपर्नेछ । पेशा व्यवसाय परिर्वतनको चाहान बढ्न सक्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग साक्षात्कार हुने अवसर मिल्नेछ ।

कन्याः– समयले साथ दिने छैन । अनावस्यक तनाव बढ्नेछ । संचित धनमा ह्रास आउनेछ । अहार विहारमा ध्यान दिनुहोला । आफन्तमा अविश्वासको वातावरण निर्माण हुने देखिन्छ । साँझपख समयमा सामान्य सुधार आउनेछ । तर कामले पूर्ण गति भने समाउने छैन । लेनदेनमा भने सतर्कता अप्नाउनु होला ।

तुलाः– पूर्वान्ह समय जति अनुकुल अपरान्ह छैन काम गर्दा विचार पु¥याउनु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । भौतिक सुखमा कमी आउनेछ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउनेछ । सपना अधुरा बन्नेछन् । व्यापार व्यवसायमा गरेको लगानी उठाउन सकिने छैन ।

वृश्चिकः– काम गर्ने वातावरण विस्तारै बन्ने देखिन्छ । सपना साकार पार्न थोरै मेहनत गर्नु पर्ला । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । विवादित कामको टुङ्गो लाग्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । लोभ मोह बढ्नेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ ।

धनुः– काम गर्ने वातावरण मिल्ने छैन । सहज रुपमा काम गर्न सकिने छैन । संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विचार विमर्श गरी योजना बनाएर अगाडि बढ्नु होला ।

मकरः– भ्रममा पार्न सक्छन् सतर्क भएर अगाडि बढ्नु होला । मानसिक तनावमा थोरै कमि आउनेछ । जीवन साथीको सहयोग र सल्लाहामा काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । पढाई लेखाईमा मन जानेछ । मिलेर गरेका कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कुम्भः–समय प्रतिकुल बन्दैछ । पूर्वान्हमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछि गरेका कामबाट उचित लाभ लिन सकिने छैन । काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । विश्वास र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

मिनः– काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । थोरै प्रयत्न गर्नु भयो भने लाभदायक काम हात पार्न सक्नु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्