जैबिक विविधताले भरिपुर्ण इलामको, घुम्नै पर्ने केहि ठाउँ !



फागुन १६ काठमान्डौ

गीताञ्जली दाहाल

इलाम एक पर्यटकीय हिसाबले भरिपुर्ण क्षेत्र मानिन्छ ।रमरणिय बातावरण,हरियाली चियाबारी सहित होचाथुम्का डाँडाकाँडाले पर्यटकको मन लोभ्याउछ ।भौगोलिक बनोट चिया बगान सुधारिएको जीवन सैली,धार्मिक क्षेत्र,जातिय संस्कृति,तालतलैया सिमसार जस्ता ठाउले पर्यटकहरुलाई तान्ने गरेको छ । लिम्बु जातिहरुको बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट गरिएको मानिन्छ । लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ बनेको छ । जसमा “इ“को शाब्दिक अर्थ घुमाउरो र “लाम“को शाब्दिक अर्थ बाटो अर्थात इलामको अर्थ घुमाउरो बाटो हुन्छ । यस अर्थलाई पुिष्ट गर्ने झापाको चारआली देखि इलाम जादा धेरै घुमाउरो बाटोको यात्रा गर्नु पर्दछ । इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाको चियाबारी, हरियाली वातावरण,साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरुका लागी आकर्षणको केन्द्र बन्ने गरेको छ ।

धार्मिक,सांस्कृतिक कुरामा इलाम निक्कै आगाडी रहेको छ। इलाम झापाको चारआलीबाट मेची राजमार्ग भएर जानु पर्दछ। झापाको बुधबारे बाटै इलाम सुरु भै कोल्बुङबाट पर्यटकीय स्थलहरुसुरु हुन्छ । साविक कोल्वुङ रोङ गाउँपालिका झापा र इलामको सिमाना हो । जहाँ सडकमानै जोरकलश गेटले इलाम जानेहरुलाई स्वागत गरेको छ । हर्कटे र कन्याम इलाम जिल्लाको प्रवेशद्वार हो । जोरकलश गेट पार गरे पछि पाथीभरा, कन्याम, फिक्कल, तिनघरे इलाम भंज्याङ हुदै इलाम वजार पुगिन्छ । तिनघरे र इलाम वजारको बिचमा पर्ने माईखोला माच्छाको लागी प्रख्यात मानिन्छ ।
सास्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको इलाम पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले पनि चिनिन्छ । अर्को तर्फ इलामलाई ८ ‘अ’ को जिल्ला भनेर पनि चिनिन्छ । जसमा अ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो , आलु र अतिथि सत्कार हुन्छ । इलामलाई सूर्याेदयको जिल्ला भनेर पनि चिनिन्छ । यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न सकिन्छ । अर्को तर्फ इलामले सुन्दरतासँगै नेपाली गीत–संगीतमा थुप्रै कर्णप्रिय स्वरलहरी र कलाकार जन्माएको छ ।
तेस्तै इलामका केहि घुम्न पर्ने ठाउहरु :


सन्दकपुर
पुर्बाअञ्चलकै प्रमुख गन्तब्य मध्ये एक हो सन्दकपुर। इलाम जिल्लाको उत्तरी भारत सिमावर्तीमा रहेको सन्दकपुर ३६३६ मिटरको उचाइमा रहेको छ ।यहाबाट सगरमाथा,कंचनजंघा,भारत,भुटानका विभिन्न हिमाल हरु देख्न सकिन्छ । सुर्योदय लाइ नजिकै बाट नियाल्ने ठाउले परिचित छ भने चैत बैसाख मा डाँडा भरि फुलेको गुराँस हेर्ने ठाउँ हो सन्दकपुर।बिशेस गरि अशोज देखि जेठसम्म यहाँ पर्यटकको घुइचो लाग्ने गर्दछ । यहाँ जाने पर्यटकको लागि व्यवस्थित होटल लज संचालनमा छन्।


माईपोखरी
इलामको अर्को रमणीय ठाउँ हो माईपोखरी ।यो इलाम जिल्लाको उत्तरी भेकमा रहेको छ ।पूर्वाञ्चलभरि ख्यातिप्राप्त इलामका चार माई जोगमाइ, महमाइ, पूवामाइ र देउमाइको बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वनक्षेत्रमा माइपोखरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास भएको छ ।नौ कुना मा छरिएको माइपोखरीमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ ।यहाँ दुर्लब जन्तु,बोटबिरुवा र तिन सय प्रजातिका चराचुरुंगी पाहिन्छ। यहाँ पाठपुजा र मनोरम दृश्य अबलोकनका लागि दैनिक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।


श्री अन्तु
सुर्योदय हेर्ने नेपालकै उत्कृष्ट ठाउँ हो श्रीअन्तु । इलाम जिल्लाको पुर्बी क्षेत्र मा रहेको यो ठाउँ सात हजार छ सय ३६ फुट उचाइमा रहेको छ ।मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर पार गरेपछि श्री अन्तु पुगिन्छ ।लोपन्मुख लेप्चा जातिको बसोबास,सस्कृति,अन्तु पोखरी,हराभरा चियाबारी,हरिया डाँडाकाडा ले गर्दा पर्यटक को घुइचो लाग्ने गर्छ। भौतिक बिकाशले पनि आग्रणि क्षेत्र हो अन्तु,असोज देखि आकाश खुल्ला हुने भएको ले यहाँ हिउद्को महिना पर्यटकहरुको चाप धेरै हुने गर्दछ।


कन्याम
इलामको मुख्य पर्यटकीय केन्द्रबिन्दु हो कन्याम। मेची राजमार्ग संगै रहेको कन्याम सुर्योदय नगरपालिकामा पर्दछ।हरियाली चियाबगान सहितका डाँडा ,घुमाउरो बाटो र सल्लाको रुखले सबैलाई मोहित बनाउने गर्दछ ।कन्याम बनभोजको लागि उत्कृष्ट मानिन्छ।कन्याम संगै हासपोखरी,कुटीडाँडा,पाथिभरा मन्दिर,करफोक क्षेत्र आत्यधिक चिसो क्षेत्र पनि हो।तराईका क्षेत्र बाट नजिक रहेको यो ठाउमा सितल ताप्ने मान्छे हरु बढी हुने गर्दछन।विभिन्न गीतको भिडियो,फ्लिम सुटिंग को लागि प्रमुख ठाउँ मानिन्छ कन्याम ।


येस्तै छिन्तापु,ढापपोखरी,सिद्धिथुम्का,गजुरमुखी,माङसेबुङ,भालुढुंगा,इलाम बजार,झ्याउपोखरी,गुफाथुम्की,जस्ता पर्यटकीय स्थल रहेको छ। काठमाण्डौबाट ८५० कि.मी. दुरी रहेको इलाम बजार एक पल्ट पुग्नै पर्ने ठाउँ रहेको छ।शुद्ध दूधबाट बनेको मिठाईं ललिपप इलामको चर्चित परिकार हो भने गुणस्तरीय छुर्पी विभिन्न किसिमका चिया ग्रिन टी, ह्वाइट टी र ब्ल्याक टी इलामका उत्पादन हुन् भने यहाको अकबरे खुर्शानी बिशेस मानिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्