वार्षिक परीक्षा नजिकिएकोले विद्यालय बन्द नगर्न आग्रह



काठमाडौं । दुई दिनदेखि राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरु आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै काठमाण्डौमा प्रर्दशनमा उत्रिएका छन् ।आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार देखि आन्दोलन मा उत्रिएका हुन् ।

शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले हातपात गरेको भन्दै राहत शिक्षक केन्द्रिय समिति र बालविकास शिक्षक केन्द्रिय समितिले संयुक्त रुपमा हिजो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि प्रहरिले गरेको व्यबहार को भत्सर्ना गरेका छन । यसको विरोधमा समितिले आज फागुन २१ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरे संगै प्रेस बिज्ञप्ति जारि गरेको छ।

यता सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित हुने भएकोले आन्दोलन नगर्न आग्रह गरेको छ ।राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा आज देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय सरकारलाई निर्वाध रुपमा पठनपाठनको वातावरण मिलाउन पनि आग्रह गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्