काठमाडौं । गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोके को छ ।
तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ ।अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् ।आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।झण्डै डेढ महिनादेखि आन्दोलित विद्यार्थीको माग अझै पूरा भएको छैन।उनीहरुले परीक्षा समेत गुमाए भने आन्दोलन पार नलाग्ने देखेर ठगी मुद्धामा उजुरी गर्न बाध्य भएका थिए ।
मंगलबार विद्यार्थीले उजुरी दर्ता गरेका थिए ।माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले ८ लाखदेखि १५ लाखसम्म बढी तिर्नुपरेको बताउँदै आएका छन् । रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्या र्थीहरुको गुनासो छ । यस सम्बन्धमा आवाज उठाउँदा कलेज सञ्चालकले धम्काउने गरेका थिए ।यस सम्बन्धमा एक महिनाको अवधिमा २ वटा समिति पनि गठन भएर छानबिन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले प्रति वेदन बुझाइसकेको छ ।
डा. ओम बरालको नेतृत्वको छानविन टोलीपछि प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ । यो टोलीले पोखरा आएर छानबिन गरिरहेको छ । तर, विद्यार्थीहरु भने कलेजकै सुविधा लिएर गरिएको छानविन टोलीप्रति आशंका व्यक्त गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।