आज झन् घट्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?



काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ७६ पैसा रहेको छ। यसअघि डलरको भाउ ११३ रुपैयाँ रहेको थियो।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५८ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ २६ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७ पैसा छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३६८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३७० रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९९ रुपैयाँ ९ पैसा रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्