२२ घण्टा खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १० घण्टा मात्र खुल्ने



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आफ्ना उडान तालिका परिवर्तन गर्ने भएको छ। दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०)सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द भएर विहान ८ बजे मात्रै सुचारु हुने भएको हो ।
राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ ।

हाल भइरहेको उडानमध्ये १५ / २० प्रतिशत कटौती हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए अहिले विमानस्थलमा दैनिक ३ सय भन्दा धेरै उडान हुने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्