प्रमुख जिल्ला अधिकारी माथि भएको दुव्र्यवहार प्रति कर्मचारीहरु द्वारा आपत्ती



सैघाली खबर
दाङ ५ , भदौ
भुमि सुधार तथा व्यावस्था मन्त्री डा . गोपाल दहितले प्रमुख जिल्ला अधिकारी माथि गरेको दुव्र्यव्यावहार प्रति आपत्ती जनाएका छन । कर्मचारी मिलन केन्द्र दाङले सोमवार एक विज्ञप्ती जारी गरी यस्तो आपत्ती जनाएका हुन  ।

प्रमुख जिल्ला अधिकारी माथि मन्त्रीले गरेको अपशव्द र दुव्र्यव्यावहारले दाङको अस्तित्व र प्रसासन माथिको लाछना रहेको प्रति गहिरो दुख व्यक्त गरेका छन । जिल्लामा दैविक प्रकोपको विपत्ती वेलामा आई स्वागत सम्मान सन्तोषजनक नभएको भन्दै सिङगो प्रशासन माथि नै सार्वजानिक अपमान गरिनु दाङका लागि दुखद र अपमान जनक व्यावहार रहेकाले निजामति कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन ।

मन्त्री दहितले प्रमुख जिल्ला अधिकारी एंव कर्मचारी मिलन केन्द्रका संयोजक गजेन्द्र वहादुर श्रेष्ठ लाई सामाजिक रुपमा अपमान जनक र अमर्यादित शव्द र व्यावहार गरी दुव्र्यवहार गरेकाले कर्मचारीहरुले आपत्ती जनाएका छन । सोमवार कर्मचारी मिलन केन्द्र दाङले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो । विज्ञप्ती मार्फत राष्ट्र सेवक कर्मचारीहरु लाई मन्त्रीले सार्वजा्निक रुपमा दुव्र्यहार गर्दा पदिय अस्तित्व र प्रतिष्ठामा आँच पुगेकाले केन्द्र गम्भिर ध्यानाकर्षण गराउदै आपत्ती जनाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्